Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Knowledge Center, Baitadi

BAITADI


आ.ब 2080/081 को बार्षिक कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने बारेको सूचना

 9/12/2023    
श्री कृषि सहकारी/कृषक समूह/कृषि फर्म/कृषकहरु उपरोक्त सम्बन्धमा यस कृषि ज्ञान केन्द्र बैतडीबाट चालु आ.व. २०८०/८1 मा जिल्ला भरी संचालन हुने कार्यक्रमहरुको हकमा जिल्लाभरीका इच्छुक कृषकहरु, कृषक समुहहरु, कृषि सहकारीहरु तथा कृषि फर्महरुले तथा कार्यक्रम संचालन हुने स्थान नगरपालिका/गाउँपालिका तथा वडा नं. तोकिएका हकमा सम्बन्धित नगरपालिका/गाउँपालिकाका भित्रका तथा सम्बन्धित वडा भित्रका इच्छुक कृषकहरु, कृषक समुहहरु, कृषि सहकारीहरु तथा कृषि फर्महरुले यो सुचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र (मिति २०८०/५/११ देखि २०८०/५/३१ गते बेलुका ५ बजे भित्र) आवश्यक कागजातहरु सहित रितपूर्वक आवेदन पेश गर्न हुन अनुरोध छ | कार्यक्रमको प्रस्ताव सम्बन्धित न.पा./ गा.पा. को कृषि शाखामा वा कृषि ज्ञान केन्द्र, बैतडीमा बुझाउन सकिने छ| रित नपुगेको आवेदन मान्य हुने छैन | म्याद भित्र नआएका प्रश्ताव उपर कुनै कार्वाही नहुने व्यहोरा समेत यसै सुचना मार्फत जानकारी गराइन्छ ।एकै प्रकृतिको अनुदान साल बसाली सोहि समूह,फर्म, व्यक्तिले पाउने छैन| .................. अनिवार्य रुपले आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु 1. अनुसूची ५ अनुसारको कार्यक्रमको प्रस्ताव । 2. कृषक समुह, कृषि सहकारी तथा कृषि फर्म दर्ता प्रमाण पत्र, आव २०७९ / ८० को करचुक्ता, नविकरण, स्थाइ लेखा नं आदि प्रमाण पत्रको प्रतिलिपि । 3. सहकारी/समुहको बोर्डको निर्णयको प्रतिलिपि । 4. सहकारी / समुह / फर्म संचालकका बोर्ड सदस्यहरुको नागरिकताको प्रतिलिपि । 5. व्यवसाय संचालन गर्ने स्थानको जग्गा धनि पुर्जाको प्रतिलिपि । 6. सम्बन्धित वार्ड वा न. पा./गा.पा. कृषि शाखाको सिफारिश पत्र । 7. प्रस्ताव आवेदन शुल्क: क) रु. १ लाख देखि रु. ५ लाख सम्म अनुदान माग गर्ने आवेदकले रु. ३०० र ख) रु. ५ लाख भन्दा माथि अनुदान माग गर्ने आवेदकले रु. १००० फिर्ता नहुने गरि आवेदन दस्तुर आवेदनका साथ बुझाउनु पर्नेछ |
File: