Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Knowledge Center, Baitadi

BAITADI

राष्ट्रिय अर्थतन्त्रको विकास तथा समृद्धिको लागि कृषि तथा पशुपालनको समग्र विकास गरि व्यवसायीकरण गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । कृषि तथा पशुपालन क्षेत्रको व्यवसायकिरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दे कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउदै आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गरि समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढनु आजको प्रमुख आवश्यकता हो । यसै उद्देश्य प्राप्तिमा टेवा पुर्याउन जिल्ला कृषि विकास कार्यालय मिति २०७५/०४/०१ गते अधिकारिक रुपमा खारेजि पश्चात सोही स्थानमा नयाँ कार्यालयको रुपमा कृषि ज्ञान केन्द्र बैतडीको मिति २०७५/०५/२८ गते उदघाटन भै विधिवत रुपमा स्थापना भएको हो । यस ज्ञान केन्द्र अन्तर्गत मुख्यतया तीन वटा शाखा कृषि प्रसार तथा तालिम शाखा, विशेषज्ञ सेवा शाखा र अध्ययन परीक्षण तथा तथ्याङ्क शाखा रहेका छन । सुरुमा कृषि ज्ञान केन्द्रको कार्यक्षेत्र बैतडी र दार्चुला गरी दुई जिल्ला रहेको थियो भने हाल आएर बैतडीमा मा मात्र आफ्ने सेवा प्रवाह गरिराखेको छ । बदलिदो परिवेश अनुसार कृषकहरुको आवश्यकता एवं चाहना अनुसार सेवा प्रबाह गर्न कृषि ज्ञान केन्द्र बैतडी प्रयासरत छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस ज्ञानकेन्द्रको रहेको छ । कृषि विकास समबन्धी योजना तर्जूमा, विभिन्न रोग किराहरुको व्यवस्थापन, स्थान विशेषका हावापानी सुहाउँदो प्रविधि र जातहरु सम्बन्धमा कृषकहरुलाइ जानकारी लगायत माटोको अवस्था रोग किरा पहिचान रसायनिक र प्राङ्गारिक मल र बीउको गुणस्तर परीक्षण लगायतका प्राविधिक र प्रयोगशाला सेवा समेत उपलब्ध गराउनका लागि स्थानीय तहमा रहेका कृषि विकास शाखाहरु पर्याप्त हुदैनन ।त्यस्ता शाखाहरुलाई आवश्यक प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै अन्तर स्थानीय निकायहरु समेतलाइ समेट्ने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु सन्चालनका लागि यस ज्ञान केन्द्रको भूमिका महत्वपूर्ण रहेको छ ।